काठमाडौ । नेपाल राष्ट्र बैंकले २१ करोड रुपैंयाँ लगानी गर्नै भएको छ । बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुको नाउँमा सुचना जारी गर्दै राष्ट्र बैकले बुधबार उक्त परिमाणमा संस्थागत निक्षेप लगानी गर्नको लागि आव्हान गरेको हो।
कर्मचारी सुरक्षण कोषमा रहेको रकम तीन सय ६६ दिने मुुद्धतीकोरुपमा लगानी गर्न प्रस्ताव आव्हान गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ । रकम लगानीको अवधि बिसं २०८१ पुस नौं गते देखि बिसं २०८२ पुस नौं गतेसम्म रहेको छ । रकम लगानी गर्न चाहाने बैक तथा फाईनान्स कम्पनीहरुले यही पुस पाँच गतेसम्म लगानी गर्न चाहेको रकम र दिन चाहेको व्याज समेत तोकेर प्रस्ताव पेस गर्नुुपर्ने छ।
राष्ट्र बैंकका अनुसार लगानीको लागि छुुट्याईएको कुुल रकम मध्ये बाँणिज्य बैंकहरुको लागि १६ करोड ८० लाख, बिकास बैंकहरुको लागि तीन करोड १५ लाख र फाईनान्स कम्पनीहरुको लागि एक करोड पाँच लाख रुपैंयाँ छुट्याईएको छ। रकम लगानी चाहाने बैंक तथा बित्तीय संस्थाहरु सञ्चालनमा आएको दुई बर्ष पुरा गरेको हुुनुुपर्ने, निष्क्रिय कर्जा राष्ट्र बैंकले तोकेको सिमाभित्र रहेको हुुनुुपर्ने लगायतका प्रावधानहरु तोकिएको राष्ट्र बैंकले जनाएको छ।