आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

५२ खर्ब ८७ अर्ब रुपैयाँ कर्जा प्रवाह गर्दा चार प्रतिशत कर्जा खराब

मंगलबार, पुष २ २०८१

काठमाडौं । बैंकिङ क्षेत्रमा निष्क्रिय कर्जा खराब कर्जाको अनुपात बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अहिले सञ्चालनमा रहेका २० वटा बाँणिज्य बैंक, १७ वटा बिकास बैक र १७ वटा फाईनान्स सहितका ५४ वटा संस्थाहरुले कुल ५२ खर्ब ८७ अर्ब ९७ करोड ७४ लाख रुपैंयाँ कर्जा प्रवाह गर्दा औषतमा चार दशमलव ४२ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । यो कर्जा गत आवको सोही अवधिको तुलनामा शुन्य दशमलव ७६ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंक तथा फाईनान्स कम्पनीहरुले कुल ४९ खर्ब ९३ अर्ब ९२ करोड ९० लाख रुपैंयाँ कर्जा प्रवाह गर्दा औषतमा तीन दशमलव ६६ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा बाँणिज्य बैकहरुले मात्र कुल ४६ खर्ब ७३ अर्ब ७२ करोड १० लाख रुपैंयाँ कर्जा प्रवाह गर्दा चार दशमलव २८ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । यो कर्जा गत आवको सोही अवधिको तुलनामा शुन्य दशमलव ६७ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बाँणिज्य बैंकहरुले कुल ४४ खर्ब १८ अर्ब ९९ करोड १० लाख रुपैंयाँ कर्जा प्रवाह गरेको मध्ये तीन दशमलव ६१ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो । बिकास बैंकहरुले भने चालु आवको पहिलो त्रैमासमा कुल पाँच खर्ब ११ अर्ब ५४ करोड १० लाख रुपैंयाँ कर्जा प्रवाह गर्दा चार दशमलव ३७ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । यो कर्जा गत आवको सोही अवधिको तुलनामा एक दशमलव १८ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बिकास बैंकहरुले कुल चार खर्ब ८१ अर्ब ५८ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह औषतमा तीन दशमलव १९ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो।

फाईनान्स कम्पनीहरुले भने चालु आवको पछिल्लो अवधिमा कुल एक खर्ब दुई अर्ब ७१ करोड २० लाख रुपैंयाँ कर्जा प्रवाह गरेको मध्ये १० दशमलव ८४ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । यो कर्जा गत आवको सोही अवधिको तुलनामा दुई दशमलव ४७ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा फाईनान्स कम्पनीहरुले ९३ अर्ब ३५ करोड ७० लाख रुपैंयाँ कर्जा प्रवाह गर्दा आठ दशमलव ३७ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो । बैंकिङ क्षेत्रमा अहिले निक्षेप बढेपनि कर्जा बढ्न सकेको छैंन । सोही कारण बैंकिङ क्षेत्रमा पछिल्लो समय अधिक तरलता बढेको छ । यसलाई नियन्त्रणमा राख्नको लागि राष्ट्र बैंकले बिभिन्न किसिमका मौद्रिक उपकरणहरु जारी गरेर बैंकिङ प्रणालीबाट अधिक तरलता खिच्दै आएको छ । यो अवस्थामा बैंकिङ क्षेत्रमा निक्षेप संगै अधिक तरलता बढनु र कर्जा प्रवाह घटेको छ । यो अवस्थामा बैंक तथा फाईनान्स कम्पनीहरुले बिगतमा प्रवाह गरेको कर्जाबाट समेत नियमितरुपमा सावाँ र व्याज पाउन नसक्दा बैंकिङ प्रणालीमा निष्क्रिय कर्जा उच्चरुपमा बढेको हो । बिशेषगरी बाँणिज्य बैंक र बिकास बैंकको तुलनामा फाईनान्स कम्पनीहरुमा निष्क्रिय कर्जा उच्चरुपमा बढेको छ।