आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

बढ्यो सुनको मूल्य, कति पुग्यो आज ?

सोमबार, पुष १ २०८१

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य बढेको छ ।

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलाले ४०० रुपैयाँ बढेको छ ।

आइतबार एक लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख ५१ हजार २ सय रुपैयाँ प्रतितोला पुगेको हो ।

आइतबार सुनको मूल्य एकैदिन दुई हजार २०० ले घटेको थियो ।

आज चाँदीको भने स्थिर मूल्य रहेको छ ।  महासंघका अनुसार शुक्रबार एक हजार ८६० रुपैयाँ प्रतितोलाबाट २० रुपैयाँ घटेको चाँदी आज पनि सोही मूल्य एक हजार ८४० रुपैयाँमा कारोबार भइरहेको हो ।