काठमाडौं ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुन चाँदीको भाउ २ हजार २ सयले घटेको छ ।
शुक्रबार एक लाख ५३ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन आज एक लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भएको हो ।
यस्तै बजारमा आज चाँदीको मुल्य पनि घटेको छ ।
शुक्रबार एक हजार ८६० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज २० रुपैयाँ घटेर कारोबार भइरहेको छ ।