आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

आज कतिमा भइरहेछ सुनको कारोबार ?

बिहिबार, मंसिर २० २०८१

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख ५० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदीको मुल्य पनि प्रतितोला १५ रुपैयाँले बढेको छ। महासंघको अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन चाँदी १ हजार ८ सय ६५ रुपैँयामा कारोबार भएको थियो ।