मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

बढ्यो आन्तरिक हवाई भाडा

बुधबार, मंसिर १९ २०८१

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आन्तरिक हवाई भाडा बढाएको छ । बुधबारदेखि लागू हुने गरी भाडादर बढाएको हो ।

नेपाल आयल निगमले मंसिर १५ गते हवाई इन्धनको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाएपछि क्यानले आन्तरिक हवाई भाडा वृद्धि गरेको भनिएको छ।

नयाँ भाडादरअनुसार काठमाडौँ–विराटनगर ५० रुपैयाँ, काठमाडौँ–पोखरा ३० र काठमाडौँ-भैरहवा ४० रुपैयाँले भाडा बढेको छ।

त्यस्तै विराटनगर–धनगढीको भाडा १२५ रुपैयाँ, काठमाडौँ–धनगढीको भाडा ९० रुपैयाँ, पोखरा–भद्रपुरको भाडा ८० रुपैयाँले बढेको छ भने विराटनगर–भैरहवा ८० रुपैयाँ र काठमाडौँ–सिमराको भाडा १५ रुपैयाँले बढेको छ ।