मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

पुथाउत्तरगंगाको उपाध्यक्षमा माओवादी केन्द्रकी नरपुरा बुढा निर्वाचित

सोमबार, मंसिर १७ २०८१

काठमाडौं । पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार निर्वाचित भएका छन् ।

रिक्त उपाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा माओवादी केन्द्रकी उम्मेदवार नरपूरा बुढा विजयी भएकी हुन् । तीन हजार ६२७ मत प्राप्त गरेकी बुढाको निकटतम प्रतिस्पर्धी काँग्रेस–एमाले गठबन्धनकी उम्मेदवार केशकुमारी तुलाचन बनिन् । उनले दुई हजार १२८ मत प्राप्त गरेकी छन् ।