आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

नेपाल राष्ट्र बैंकद्धारा कर्णाली डेभलपमेन्ट बैंकलाई कारवाही

मंगलबार, मंसिर ११ २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई कारवाही गरेको छ । राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागका अनुसार कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड, नेपालगञ्ज, बाँकेलाई थप निक्षेप लिन तथा थप कर्जा प्रवाह गर्न रोक लगाउने गरी कारवाही गरिएको हो।

राष्ट्र बैंककले मंगलबार कर्णाली बिकास बैंकको नाउँमा सर्वसाधारणको जानकारीको लागि सार्वजनिक गरेको सुचनामा भनिएको छ, कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड, नेपालगञ्ज, बाँकेमा मिति २०८१/०४/०६ देखि २०८१/०४/११ सम्म यस बैंकबाट सम्पन्न लक्षित निरीक्षणको प्रतिवेदन अनुसार सो संस्थाको कर्जा नोक्सानी व्यवस्थामा सुपरिवेक्षकीय समायोजन गर्दा यस बैंकले तोके बमोजिमको न्यूनतम पुँजीकोष अनुपात कायम नहुने, निष्कृय कर्जा अनुपात ४० दशमलव ८५ प्रतिशत कायम हुने लगायतका कारणले संस्थाको वित्तीय अवस्था समस्याउन्मुख देखिएको हुँदा निक्षेपकर्ता र सर्वसाधारणको हित संरक्षण गर्ने अभिप्रायले सो संस्थालाई नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४ को विनियम बमोजिम ६ महिनाभित्र संस्थाको नयाँ व्यवस्थापनले उक्त संस्थाको वित्तीय परिसूचकहरुमा सुधार गर्ने शर्तमा आजैका मितिदेखि लागू हुने गरी थप निक्षेप संकलन गर्न, नयाँ निक्षेप खाता खोल्न र थप कर्जा प्रवाह गर्न रोक लगाई शीघ्र सुधारात्मक कारवाही गरिएको हो, सुचनामा भनिएको छ।