सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

छुट्टाछुट्टै सवारी दुर्घटनामा नौं जनाको मृत्यु

सोमबार, मंसिर १० २०८१

काठमाडौं । मोरङको सुन्दरहरैंचा नगरपालिका–५ दुलारीस्थित सडकमा बा.प्र.०८–००१ च ०४७ नम्बरको हाईस गाडीको ठक्करबाट साइकलयात्री सोही नगरपालिका–४ बस्ने ४४ वर्षीय चन्द्र कुमार राईको आइतबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बिपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ स्थित सडकमा प्र.१–०२–००२ ख ०४१५ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४२ वर्षीय कृष्ण बहादुर रूम्बाको आइतबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको तराई अस्पताल सिमरा हुँदै बयोदा अस्पताल वीरगंजमा थप उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

चितवनको इच्छाकामना गाउँपालिका–६ नौ किलोस्थित सडकमा बागमती प्रदेश ०३–००१ ख ३४९० नम्बरको ट्रक अनियन्त्रित भई आइतबार साँझ दुर्घटना हुँदा ट्रकमा सवार २ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको सरकारी अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका १ जनाको एलाईभ अस्पताल भरतपुर र १ जनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

नवलपरासी पश्‍चिमको सुनवल नगरपालिका–४ अलकत्रे डाडास्थित सडकमा लु.३६ प९५५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा चालक रूपन्देही देबदह नगरपालिका–४ पिप्रैया बस्ने ५१ वर्षीय गणेश प्रसाद भट्टराईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भलुही रूपन्देहीमा उपचारको क्रममा मृत्यु भएको हो।

सप्तरीको रूपनी गाउँपालिका–४ छप्कीस्थित सडकमा प्र.२–०१–००१ त १०८६ नम्बरको ट्याक्टरबाट खसेर सोही गाउँपालिका–३ कटैया बस्ने २५ वर्षीय शंकर राउतको आइतबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दाङको लमही नगरपालिका–५ रातोडाँडास्थित सडकमा रा.७ प ४९५४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार सल्यान बाघचौर नगरपालिका–३ बस्ने ३० वर्षीय लिलाराम डाँगीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बर्दियाको राजापुर नगरपालिका–८ धोबिनपुरस्थित सडकमा लु.२ ख ५९१९ नम्बरको फोर्स गाडीले भे.४ प ७८३ नम्बरको मोटरसाइकललाई आइतबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक राजापुर नगरपालिका–८ भोगपुर बस्ने ५४ वर्षीय चेतुवा थारूको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगंज बाँकेमा थप उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

उदयपुरको चौदण्डीगढी नगरपालिका–९ भिमा मिहोरिया चोकमा गाईघाटबाट बेल्टारतर्फ जाँदै गरेको प्रदेश–१–०४–००१ च १३८६ नम्बरको कारको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४५ वर्षीया कमलादेवी चौधरीको सोमबार बिहान मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको नगर अस्पताल बेल्टारमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त कार सोही ठाउँस्थित रूखमा ठक्कर खाई अनियन्त्रित भइ पैदलयात्रीलाई समेत ठक्कर दिई दुर्घटना भएको थियो । साथै दुर्घटनामा घाइते भएका कारमा सवार २ जना र अन्य १ जना पैदलयात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।