सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

शुक्रबार, मंसिर ७ २०८१

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका–८ ठेगाना भई नागार्जुन नगरपालिका–६ रामकोट बस्ने ५५ वर्षीय सुरेन्द्र संगतलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

जिल्ला अदालत चितवन भरतपुरबाट २०८१ कात्तिक ९ गते उक्त मुद्दामा पक्राउ अनुमति जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं लैनचौरबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको छ।