सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

सुन जस्तो देखिने धातु सहित एक जना पक्राउ

शुक्रबार, मंसिर ७ २०८१

रसुवा । कालिका गाउँपालिका–१ ग्राङबाट सुनजस्तो देखिने धातु करिब २ किलोग्राम सहित गोसाईकुण्ड गाउँपालिका–३ ब्रिद्धिम बस्ने ३४ वर्षीय कर्मा सोनाम लामालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।

अस्थायी प्रहरी पोष्ट ग्राङबाट खटिएको प्रहरीले कालिकातर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०४३ प २४३४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार लामाले लगाएको दुवै जुत्ताभित्र लुकाई छिपाई ल्याएको उक्त धातु फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।