काठमाडौं । नेपालको विद्यमान आर्थिक अवस्थाबारे लेखाजोखा गर्ने तथा आगामी दिनमा देशको अर्थतन्त्रको लागि दिगो रुपमा संचालन गर्न विभिन्न उपायहरूको खोजि गर्ने सम्बन्धमा अर्थमन्त्रीको कार्यकक्षमा बिहिबार भेटघाट कार्यक्रम सम्पन्न भएको छ।
नेपालले आर्थिक संघ र अर्थ मन्त्रालय बीच धेरै वर्ष देखि अर्थतन्त्र सँग सम्बन्धित विषयमा विविध विषयमा सहकार्य गर्दै आएको र आगामी दिनमा पनि अर्थतंत्रलाई सही दिशामा अगाडि बढाउन नेपाल आर्थिक संघ तयार रेरहेको कुरा संघ का अध्यक्ष प्रा डा विश्वम्भर प्याकुरेलले भेटघाटको क्रममा बतााए।
नेपाल आर्थिक संघले बेला बेलामा विभिन्न विषयमा सरकारलाई स्वन्त्र रूपले सुझाव सल्लाह दिदै आएको र आजको आबश्यकता लाई मध्यनजर गरेर, संघीयतहका साथै प्रदेश तहमा पनि समसामयिक आर्थिक मुद्दा हरुमा बुद्धिजिबी, नीजी छेत्र र सरकार को धारणा र राज्य ले खेल्नु पर्ने भूमिकाका बारेमा जानकारी दिन अर्थ मन्त्रालयसँग कार्यक्रम अगाडि बढाउन सकिने कुरा संघका अध्यक्ष प्रा डा प्याकुरेलले बताए । साथै उनले नेपालको एकमात्र राष्ट्रिय तहको अर्थशास्त्री हरूको छाता संगठन भएकोले नेपाल आर्थिक संघले गरेका अध्ययन/अनुसन्धान उत्पादकत्वसँग लिँक हुने हुनाले र दिगो रुपमा कार्यान्यन गर्न सकिने हुँदा देशको वर्तमान आर्थिक अवस्था कुन मोडमा पुगेको छ भन्ने कुरा विभिन्न सरोकारवालाहरुसँग संवाद गरी अर्थ मन्त्रालयले सुरु गरेका आर्थिक सुधार साथै अन्य कार्यक्रमहरु प्रभावकारी रुपमा अगाडि बढाउन सहयोग पुग्ने कुरा बताए।
अर्थमन्त्री विष्णु पौडेलले भेटमा नेपाल आर्थिक संघ अर्थशास्त्रीहरूको छाता संगठन र अर्थतन्त्रसँग सम्बन्धित विषयमा पहिलेपनी सहकार्य गरेको र उक्त संघ एकदम महत्वपुर्ण संस्था भएकोले सहकार्य गर्न कुनै असजिलो नहुने कुरा व्यक्त गरे।
आजको अवस्थामा अर्थतंत्रबारे सरोकारवालाहरुलाई वास्तविक अवस्थाको बारेमा जानकारी गराउनु राम्रो हो, उनले भने । यस क्रममा अर्थ मन्त्रालयलाई नेपाल आर्थिक संघको विगत जस्तै आगामी दिनमा पनि महत्वपुर्ण योगदान रहने बताए।
उक्त बैठकमा उपस्थित भएर आफ्नु विचार राख्नु हरुमा नेपाल आर्थिक संघ का उपाध्यक्ष प्रा डा गोविन्द नेपाल, महासचिव डा गोपाल प्रसाद तिवारी, सचिव डा खोम खरेल, कार्यसमिति सदस्य अर्थविद केशव आचार्य, कार्यसमिति सदस्य प्रा डा केशव राज खड्का, कार्यसमिति सदस्य डा यादव मनी घिमिरे लगायत अन्य अर्थशास्त्री हरू को संलग्नता र उपस्थिति थियो।