आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

बिहिबार, मंसिर ६ २०८१

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको हो । बुधबार तोलाको १ लाख ६३ हजार रूपैयाँमा कारोबार भएको सुन आज १ लाख ६४ हजार रुपैयाँमा कारोवार भैइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार १ हजार ९ सय ५० रुपैयाँमा कारोवार भएको चाँदी आज पनि सोही मूल्यमा कारोवार भैइरहेको महासंघले जनाएको छ ।