आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

आज पनि घट्यो सुनको मूल्य

मंगलबार, कार्तिक २७ २०८१

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य रु दुई हजार चार सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला रु एक लाख ६५ हजारमा कारोबार भएको छापावाला सुन आज रु एक लाख ६२ हजार ६०० मा किनबेच भइरहेको छ ।

यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदीको मूल्य प्रतितोला रु ३० ले घटेको छ । सोमबार प्रतितोला रु एक हजार ९५५ मा कारोबार भएको चाँदी आज रु एक हजार९२५ मा खरिदबिक्री भइरहेको छ ।