काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज निरौला र नित्यानन्द पाण्डे नियुक्त भएका छन् । राष्ट्रपति पौडेलले आइतबार न्यायाधीशमा नियुक्त गरेका हुन् ।
नृपध्वज निरौला उच्च अदालत पाटनका मुख्य न्यायाधीश र नित्यानन्द पाण्डे उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश थिए ।
शीतल निवासस्थित राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै निरौला र पाण्डेलाई नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्यायपरिषद्को सिफारिसमा न्यायाधीश पदमा नियुक्त गरिएको जानकारी दिएको छ ।