काठमाडौं । नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका–९ खैरेनीस्थित सडकमा त्रिवेणीबाट बर्दघाटतर्फ जाँदै गरेको लु.१ ख ३६६३ नम्बरको बसमा चढ्ने क्रममा लडेर सोही ठाउँ बस्ने ३४ वर्षीय जगदीश थारूको शनिबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भैरहवा मेडिकल कलेज रूपन्देहीमा थप उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सप्तरीको सुरूङ्गा नगरपालिका–४ कदमाहा चोकस्थित सडकमा नारायणघाटबाट राजविराजतर्फ आउँदै गरेको प्र.१–०२–००१ ख ९५२१ नम्बरको बसको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूषको शनिबार राति घटनास्थलमै मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सुनसरीको धरान उपमहानगरपालिका–१५ भानुमार्गस्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने दिवस क्षेत्रीको छोरा ५ वर्षीय विशु क्षेत्रीको शनिबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल बिराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले हाल फरार मोटरसाइकल चालकको खोजी गरिरहेको छ।
सिराहाको मिर्चैया नगरपालिका–८ मझौवास्थित सडकमा मधेश प्रदेश ०३–००१ त ७६१४ नम्बरको ट्याक्टर अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २६ वर्षीय आयुष झा को मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको फुलकुमारी महतो मेमोरियल अस्पताल कर्जन्हामा थप उपचारको क्रममा मृत्यु भएको हो।
दैलेखको आठबिस नगरपालिका–४ खिट्की जिउलास्थित सडकमा कर्णाली प्रदेश ०२–००१ च ०३९६ नम्बरको बोलेरो जिपको ठक्करबाट पैदलयात्री जुम्ला कन्कासुन्दरी गाउँपालिका–७ बस्ने ३६ वर्षीय मन बहादुर कार्कीको शनिबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल दुल्लुमा थप उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले हाल फरार जिप चालकको खोजी गरिरहेको छ । दुर्घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।