काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका–३ भन्सार नजिक सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ८ सय ४० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका–१३ बस्ने १९ वर्षीय निरज राना र २१ वर्षीय सुनिल राना रहेका छन् । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले से.७ प ६३५९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका–२ रामजानकी मन्दिर नजिकै सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम र चरेश जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय रोशन खड्का समेत ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको से.५ प ४१२६ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ।
झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम सहित मोरङ पथरी शनिश्चरे नगरपालिका–८ केर्खा टोल बस्ने भारत सिक्किम प्रान्त वतन भएका २१ वर्षीय बिक्रम क्षेत्रीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कञ्चनपुरको भिमदत्त नगरपालिका–१७ बडुवाल टोलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय २० मिलिग्राम र चरेश जस्तो देखिने पदार्थ २ ग्राम २ सय २० मिलिग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ
। पक्राउ पर्नेहरूमा सोही नगरपालिका–१८ बस्ने ३० वर्षीय प्रकाश चन्द र सोही नगरपालिका–४ बस्ने २४ वर्षीय सुरज नाथ रहेका छन् । अस्थायी प्रहरी पोष्ट मझगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
सुनसरीको इटहरी उपमहानगरपालिका–४ मनकामना टोल बस्ने २९ वर्षीय विवेक चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ९० मिलिग्राम र नगद २० हजार ९ सय रूपैयाँ सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।