काठमाडौं । पाथिभरासम्म जाने केबलकार निर्माणको बिषयमा झडप भएको छ ।केबलकार बनाउन दिने र नदिने पक्षकाहरूबीच शुक्रबार झडप भएको हो।
आज केबलकारको स्टेशन बनाउनलाई शिलान्यास गर्ने कार्यक्रम तय भएको थियो। कार्यक्रमका लागी भनेरै नेकपा एमालेका जिल्ला अध्यक्ष डम्बरध्वज तुम्बाहाम्फे, फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनलगायत कार्यक्रमस्थल पुगेका थिए । तर, शिलान्यास कार्यक्रमलाई विधोल्न पाथीभरामा केबलकार बनाउन दिनु हुँदैन भन्ने समूहका व्यक्तिहरुले ढुंगा हानेका थिए ।
पाथिभरामा केबलकार निर्माण गर्ने बिषयमा लामो समयदेखि विवाद हुँदै आइरहेको छ ।
थप विवरण आउन बाँकी छ।