बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

ट्रम्प अमेरिकाको राष्ट्रपतिमा जितनजिक

बुधबार, कार्तिक २१ २०८१

काठमाडौं । डोनाल्ड ट्रम्प अमेरिकाको ४७‍औं राष्ट्रपतिमा जितनजिक पुगेका छन्।

निकै प्रतिस्पर्धात्मक मानिएको पेन्सिल्भानियामा जित हासिल गरेसँगै रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प राष्ट्रपतिमा निर्वाचित हुने लगभग निश्चित देखिएको छ ।

ताजा अवस्थामा ट्रम्प २६७ इलेक्टोरल भोटसहित अगाडि हुँदा ह्यारिस पनि २१४ इलेक्टोरोल भोटसहित पछ्याइरहेकी छन् । अमेरिकाको ५० राज्यमा ५३८ इलेक्टोरेल मत अर्थात् सिटका लागि चुनाव भएको हो । बहुमतका लागि २७० सिट जित्नुपर्ने हुन्छ ।