काठमाडौं । विवादमा परेका कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजीनामा दिएका छन्।
मन्त्री अधिकारी मन्त्रिपरिषद्बाट स्वीकृत नगरी जापान भ्रमणमा गएका थिए । सोही विषय विवादमा परेपछि नैतिकताका आधारमा राजीनामा दिएको अधिकारीले बताए।
उनले मुख्यमन्त्री हिक्मतकुमार कार्की समक्ष राजीनामा पेश गरेका हुन्।