काठमाडौं । आज सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा २८ सयले घटेर तोलाको १ लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।
यसअघि, कात्तिक १५ गते छापावाल सुनको भाउ प्रतितोला १ लाख ७१ हजार रुपैयाँ कायम रहेको थियो। यो नै हालसम्मकै उच्च मूल्य हो।
यता, आज चाँदीको भाउ पनि प्रतितोला ६० रुपैयाँले घटेर २ हजार ३० रुपैयाँ कायम भएको छ।
यसअघि कात्तिक १५ गते चाँदीको भाउ प्रतितोला २ हजार ९० रुपैयाँ रहेको थियो।