काठमाडौं । दैनिक १० घण्टा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने भएको छ। कार्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुने भएको हो।
विमानस्थलको धावनमार्गको कार्य क्षमता बढाउनका लागि रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे बनाउन काम गर्नुपरेकोले दैनिक १० घण्टा बन्द हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।