काठमाडौं । राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा डा. सुरेश आचार्यको नाम सिफारिस भएको छ । यस्तै गगन विष्ट, दुर्गा भण्डारीको नाम आयुक्तमा सिफारिस भएको हो ।
डा. आचार्य नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हुन् ।
राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्त र आयुक्तको सिफारिस गर्न सभामुखको अध्यक्षतामा सञ्चार तथा सूचना प्रविधिमन्त्री र नेपाल पत्रकार महासंघको अध्यक्ष सदस्य रहने कानुनी व्यवस्था छ । यही व्यवस्था अनुसार सिफारिस समितिले उनीहरुको नाम प्रस्ताव गरेको हो । जसलाई मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने हुन्छ । मन्त्रिपरिषद्ले निर्णय गरेपछि प्रधानमन्त्रीले पद तथा गोपनीयताको सपथ खुवाउने कानुनी व्यवस्था छ ।