काठमाडौं । काठमाडौं महानगरपालिका–२६ गोंगबु मित्रनगरस्थित सडकबाट वन्यजन्तु रेड पाण्डाको छाला २ थान सहित बाग्लुङ वरेङ गाउँपालिका–३ घर भई काठमाडौं स्वयम्भू बस्ने ४५ वर्षीय तारा थापालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
प्रहरी वृत्त महाराजगंज र प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई उक्त छाला सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।