काठमाडौ । नेपाल राष्ट्र बैंकले दुई अर्ब १९ करोड रुपैयाँ लगानीको प्रस्ताव गरेको छ । उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम एक सय ८१ दिने मुुद्धतीकोरुपमा लगानी गर्न प्रस्ताव आव्हान गरिएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार रकम लगानीको अवधि २०८१ कात्र्तिक १४ गते देखि २०८२ बैशाख १५ गतेसम्म रहने छ । रकम लगानी गर्न चाहाने बैक तथा फाईनान्स कम्पनीहरुले यही कात्र्तिक चार आठ गते शुक्रबारसम्म लगानी गर्न चाहेको रकम र दिन चाहेको व्याज समेत तोकेर प्रस्ताव पेस गर्नुुपर्ने छ।
लगानीको लागि छुुट्याईएको कुुल रकम मध्ये बाँणिज्य बैंकहरुको एक अर्ब ७५ करोड २० लाख, बिकास बैंकहरुको लागि ३२ करोड ८५ लाख र फाईनान्स कम्पनीहरुको लागि १० करोड ९५ लाख रुपैंयाँ रहेको छ । रकम लगानी चाहाने बैंक तथा बित्तीय संस्थाहरु सञ्चालनमा आएको दुई बर्ष पुरा गरेको हुुनुुपर्ने, निष्क्रिय कर्जा राष्ट्र बैंकले तोकेको सिमाभित्र रहेको हुुनुुपर्ने लगायतका प्रावधानहरु तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ।