काठमाडौँ । आज बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा साँझ पाँच बस्ने गरी बोलाएको मन्त्रिपरिषद् बैठक दिउँसो अचानक स्थगित गरिएको हो ।
आज बोलाएको मन्त्रिपरिषद् बैठकमा दल विभाजन सम्बन्धी अध्यादेश ल्याउनसक्ने चर्चा थियो । कांग्रेस सभापति शेरबहादुर देउवाले अध्यादेशमा जान नहुने निरन्तर अडान राख्दै आएका थिए ।