आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

सुनचाँदीको मूल्य घट्यो

मंगलबार, असोज २२ २०८१

काठमाडौं । आज मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सोमबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेर १ लाख ६० हजार १ सय रुपैयाँमा बिक्री भइरहेको छ ।

सोमबार सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँ रहेको थियो ।

यस्तैगरी, चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले घटेर १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ८० रुपैयाँ रहेको थियो ।