काठमाडौं । काठमाडौं महानगरपालिका–१५ सितापाईला सोल्टी दोबाटो चोकमा बा.प्र.०१–००२ ज ६७७० नम्बरको इभी गाडीले बा.४४ प ५९०१ नम्बरको मोटरसाइकललाई गए राति ठक्कर दिँदा मोटरसाइकलमा सवार काभ्रे पनौती बस्ने ३० वर्षीय नविन परियारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको स्वयम्भूस्थित मनमोहन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
धनुषाको मिथिला बिहारी नगरपालिका–२ पशुराम तलाउस्थित सडकमा जनकपुरबाट धनुषाधामतर्फ जाँदै गरेको स.७ प ३९३२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक सबैला नगरपालिका–१२ रघुनाथपुर बस्ने ४८ वर्षीय विशेश्वर मण्डलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।