सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

आइतबार, असोज २० २०८१

काठमाडौं । तनहुँमा ३८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ब्यास नगरपालिका–६ स्याम्घा घर भई सोही नगरपालिका–४ शितलटोल बस्ने ४३ वर्षीय पंचलाल दर्जीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । दर्जीले ती महिलालाई बुधबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

ओखलढुंगा, २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मानेभन्ज्याङ गाउँपालिका–३ बगाले टोल बस्ने ४० वर्षीय देवराज राईलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । राईले ती महिलालाई गत असोज १ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी केत्तुके र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।