सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

प्रधानमन्त्री ओलीलाई अङ्ग्रेजी नआएर ‘डाँफेज’ र ‘गैंडाज’ भन्नुभएको होइन : महासचिव पोखरेल

शुक्रबार, असोज १८ २०८१

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले अङ्ग्रेजी शब्द नआएर ‘डाँफेज’ र ‘गैंडाज’ शब्द प्रयोग नगरेको दाबी गरेका छन् ।

शुक्रबार फेसबुकमा एक पोष्ट गर्दै महासचिव पोखरेलले प्रधानमन्त्री ओलीले अमेरिका भ्रमणका क्रममा अङ्ग्रेजी भाषणमा ‘डाँफेज’ र ‘गैँडाज्’ शब्द प्रयोग गरेको सन्दर्भमा सामाजिक सञ्जालमा प्रधानमन्त्रीलाई ती शब्दको अङ्ग्रेजी नआएको भनेर मजाक गरिएको सन्दर्भमा अङ्ग्रेजी शब्द नआएर ‘फाँडेज’ र ‘गैंडाज’ शब्द प्रयोग नगरेको स्पष्ट गरेका छन् ।

अंग्रेजी शब्दकोषमा ‘डाँफेज्’ र ‘गैँडाज्’ लाई स्थापित गर्नुपर्नेमा एमालेका महासचिव शंखर पोखरेलले जोड दिएका छन्।

महासचिव पोखरेलले ज्ञान सिद्धान्त निर्माणमा पश्चिमाकरणको मान्यतालाई मात्र सही भन्न नसकिने टिप्पणी गरेका हुन्।

‘प्रधानमन्त्रीले अंग्रेजी भाषणमा डाँफेज् र गैँडाज् शव्द प्रयोग गर्नु भएको सन्दर्भमा सामाजिक सन्जालमा प्रधानमन्त्रीलाई ती शव्दको अंग्रेजी नआएको भनेर उडाउने प्रयास भइरहेको छ’, उनले भनेका छन्, ‘विश्वज्ञान सिद्धान्तको विकासमा एशियाली दृष्टिकोण आवश्यक छ भन्ने सत्यलाई बुझ्नु पर्दछ र त्यसलाई स्थापित गर्न निरन्तर प्रयास गर्नु पर्दछ।’

यसअघि प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औं महासभामा भाग लिन अमेरिका गएका बेला कोलम्बिया विश्वविद्यालयले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा ‘गैंडाज’ र ‘डाँफेज’ शब्द प्रयोग गरेका थिए ।