सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

मनसुन जन्य विपदबाट १७ हजार प्रभावितहरूको उद्धार : गृह मन्त्रालय

बिहिबार, असोज १७ २०८१

काठमाडौं । मनसुन जन्य विपदबाट १७ हजार मानिसहरूलाई उद्धार गरीएको गृह मन्त्रालयले जनाएको छ।

सैनिक, सशस्त्र, प्रहरी तथा स्वयंसेवकहरूको सहयोगमार्फत हालसम्म पनि प्रभावितहरूको उद्धार जारी राखेका गृह मन्त्रालयले जनाएको हो।

मन्त्रालयका अनुसार हालसम्म काठमाडौँ उपत्यकाबाट २ हजार १५८ जना, कोशी प्रदेशबाट ९० जना, मधेस प्रदेशबाट ३५ जना, सबैभन्दा बढी बाग्मती प्रदेशबाट १३ हजार ६४० जनाको उद्धार गरिएको छ । मनसुनजन्य विपद्मा परेका २२ जना अझै बेपत्ता छन् । बाढी र पहिरोबाट घाइते भएका १६९ जनाको विभिन्न अस्पतालहरूमा निःशुल्क उपचार भइरहेको छ ।

यता गृहमन्त्री रमेश लेखकले खोज, उद्धार तथा राहत वितरणका साथै अवरुद्ध राजमार्ग खुलाउन सरोकारवाला निकाय एवं मन्त्रालयसित समन्वय गरिरहेको उनको सचिवालयले जनाएको छ ।