आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

राष्ट्र बैंकद्धारा ८७ करोड रुपैयाँ लगानीको प्रस्ताव

मंगलबार, असोज १५ २०८१

काठमाडौ । नेपाल राष्ट्र बैंकले ८७ करोड रुपैयाँ लगानीको प्रस्ताव गरेको छ । उपदान तथा पेन्सन कोषमा रहेको रकम एक सय ८१ दिने मुुद्धतीकोरुपमा लगानी गर्न प्रस्ताव आव्हान गरिएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार रकम लगानीको अवधि २०८१ कात्र्तिक चार गते देखि २०८२ बैशाख छ गतेसम्म रहने छ । रकम लगानी गर्न चाहाने बैक तथा फाईनान्स कम्पनीहरुले यही असोज १८ गते शुक्रबार सम्म लगानी गर्न चाहेको रकम र दिन चाहेको व्याज समेत तोकेर प्रस्ताव पेस गर्नुुपर्ने छ।

लगानीको लागि छुुट्याईएको कुुल रकम मध्ये बाँणिज्य बैंकहरुको ६९ करोड ६० लाख, बिकास बैंकहरुको १३ करोड पाँच लाख र फाईनान्स कम्पनीहरुको लागि चार करोड ३५ लाख रुपैंयाँ छुट्याईएको छ । रकम लगानी चाहाने बैंक तथा बित्तीय संस्थाहरु सञ्चालनमा आएको दुई बर्ष पुरा गरेको हुुनुुपर्ने, निष्क्रिय कर्जा राष्ट्र बैंकले तोकेको सिमाभित्र रहेको हुुनुुपर्ने लगायतका प्रावधानहरु तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ।