आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

प्रधानमन्त्री ओलीबाट क्षतिग्रस्त एमाले केन्द्रीय कार्यालयको अवलोकन

मंगलबार, असोज १५ २०८१

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा ९एमाले० को च्यासल, ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा हालैको बाढीबाट भएको क्षतिको स्थलगत अवलोकन गरेका छन्।

एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आज सिंहदबारमा सो दलको संसदीय दलको बैठकपछि पार्टी केन्द्रीय कार्यालय पुगेर अवलोकन गरेका हुन्। अविरल वर्षा र बाढीका कारण सो दलको भुँइ तलमा पूर्णत: डुबान भएको छ भने परिसर हिलाम्मे भएको छ । बाढीका कारण उक्त तलमा रहेका उपकरण र महत्वपूर्ण सामग्री ध्वस्त भएको छ । दलको कार्यालयमा अहिले सरसफाइको क्रम सुरु गरेको छ । प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई महासचिव शङ्कर पोखरेल, केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीलगायतले अवस्थाबारे जानकारी गराउनु भएको थियो।