काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपालमा दशैको टीकाको साइत असोज २६ गते बिहान ११ः३६ बजेलाई उत्तम ठानेको छ । समितिले नेपाललगायत अन्य विभिन्न देशमा विजया दशमी टीकाको साइत सार्वजनिक गरेको हो।
दिल्ली, भारतमा अक्टुबर १२ विहान ११ः४२ मा छ, अमेरिकाकाको न्यूयोर्कमा अक्टुबर १२ मा १०ः०१, केन्टुकीमा १०ः४५, टेक्सामा १०ः०५, वासिङ्गटनमा ९ः५५, क्यानडा टोरन्टोमा १०ः१५,भ्यानकुभरमा १०ः१७ र जापान टोकियोमा अक्टुबर १३ ११ः३५ बजे रहेको समितिले जानकारी दिएको छ ।
