आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

झ्याप्लेखोलाबाट ३७ शव निकालियो

आइतबार, असोज १३ २०८१

काठमाडौं । धादिङको धुनिबेसी नगरपालिका–९ झ्याप्ले खोलाको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको छ ।

आज आइतबार २३ र हिजो १४ जनाको गरि ३७ जनाको शव निकालिएको हो । गोरखाबाट काठमाडौं आउँदै गरेको यात्रु बाहक बससहित केही साना गाडीहरु पनि पुरिएको आशंका प्रहरीले गरेको छ ।

उक्त पहिरो हिजोदेखि नै पन्छाउने काम भइरहेको छ ।

यसअघि हिजो उक्त पहिरोमा परेर १४ जनाको शव फेला परेको थियो ।

यसैबीच पाल्पाको अगाहाखोलाबाट छुटेको बस पनि सम्पर्कविहीन भएको खवर छ ।

पाल्पाको अगाहा खोलाबाट शुक्रबार रातिका छुटेको ग २ ख १५१३ नम्बरको बस सम्पर्कविहीन भएको बस धनी विमल अर्यालले जानकारी गराए।