आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

सुरुङमार्ग नजिकै लेदो खस्दा नौबिसे–काठमाडौं सडक अवरुद्ध

शुक्रबार, असोज ११ २०८१

काठमाडौँ । नागढुंगास्थित सुरुङमार्ग नजिकै लेदो सहितको पहिरो खसेर नौबिसे–काठमाडौं सडक अवरुद्ध भएको छ । मध्यान्ह २ बजेतिर धुनिवेशी नगरपालिका–९ स्थित सुरुङ मार्ग नजिकै लेदो खसेको हो।

लेदोका कारण सडक दुईतर्फ अवरुद्ध भएको छ । स्थानीय निकाय र सडक विभागसँग समन्वय गरेर सडक खुलाउने प्रयास भइरहेको छ।