आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

नौं दशमलव छ प्रतिशतले घट्यो कुल वस्तु निर्यात

एक महिनामा १२ अर्ब २३ करोडो सामान बिदेश निर्यात

बिहिबार, असोज १० २०८१

काठमाडौं । कुल वस्तु निर्यात घटेको छ । नेपाल राष्ट्र बैंकले बिहिबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था सम्वन्धी चालु आर्थिक २०८१/८२ को पहिलो महिनामा कुल वस्तु निर्यात नौं दशमलव छ प्रतिशतले घटी १२ अर्ब २३ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा आठ दशमलव सात प्रतिशतले कमी आएको थियो।

राष्ट्र बैंकका अनुसार गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फ भएको निर्यातमा क्रमशः १० दशमलव छ प्रतिशत, ५९ दशमलव आठ प्रतिशत र तीन दशमलव पाँच प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पार्टिकल बोर्ड, पिना, चिया, ऊनी गलैंचा, जुत्ता तथा चप्पल लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, पाम तेल, जिंक शिट, जुटका सामान, तयारी पोशाक लगायतका वस्तुको निर्यात घटेको छ । आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा कुल वस्तु आयातमा शुन्य दशमलव छ प्रतिशतले कमी आई एक खर्ब २८ अर्ब ३८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा एक दशमलव छ प्रतिशतले कमी आएको थियो।

वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात चार दशमलव चार प्रतिशतले कमी आएको छ भने चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १२ प्रतिशत र शुन्य दशमलव चार प्रतिशतले वृद्घि भएको छ । वस्तुगत आधारमा रासायनिक मल, यातायात उपकरण, सवारी साधन तथा अन्य सवारी साधनका स्पेयर पार्ट्स्, अन्य मेशिनरी तथा पार्टपुर्जा, तयारी पोशाक, खाने तेल लगायतका वस्तुको आयात बढेको छ भने धान तथा चामल, हवाइजहाजका स्पेयर पार्टपुर्जा, हट रोल्ड शिट इन क्वाइल, एम.एस. तार, छड, बार तथा क्वाइल, एम.एस.विलेट लगायतका वस्तुको आयात घटेको छ । ज्ञद्द। निर्याततर्पm वीरगञ्ज, कैलाली, कृष्णनगर, तथा नेपालगञ्ज भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयातततर्फ कैलाली, मेची, नेपालगञ्ज, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा कुल वस्तु व्यापार घाटा शुन्य दशमलव चार प्रतिशतले वृद्घि भई एक खर्ब १६ अर्ब १५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा शुन्य दशमलव सात प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात नौं दशमलव पाँच प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १० दशमलव पाँच प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी १३ अर्ब ९८ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १७ अर्ब ३० करोड बराबरको भएको थियो।

वृहत्त आर्थिक वर्गीकरण अनुसार समीक्षा अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ५४ दशमलव छ प्रतिशत र ४४ दशमलव तीन प्रतिशत रहेको छ भने पुँजीगत वस्तुको अनुपात नगन्य अर्थात् एक दशमलव एक प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती, पुँजीगत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ५३ दशमलव छ प्रतिशत, शुन्य दशमलव २७ प्रतिशत र ४६ दशमलव एक प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भएको कुल आयातमा मध्यवर्ती वस्तुको अनुपात ५० दशमलव सात प्रतिशत, पुँजीगत वस्तुको नौं दशमलव दुई प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ४० दशमलव एक प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी अनुपातहरु क्रमशः ५४ दशमलव नौं प्रतिशत, नौं दशमलव सात प्रतिशत र ३५ दशमलव चार प्रतिशत रहेका थिए।