आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

सि.बि.आई.एल. सेक्युरिटिजको दोस्रो बार्षिक साधारण सभा सम्पन्न

आइतबार, असोज ६ २०८१

काठमाडौं । सिटिजन्स बैंक ईन्टरनेश्नल लिमिटेडको साहयक कम्पनी सि.बि.आई.एल. सेक्युरिटिज लिमिटेडको दोस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले आईतबार आफ्नो कार्यालय परिसरमा कम्पनीको संचालक समितिको अध्यक्ष सप्तमान बज्राचार्यको अध्यक्षता तथा सिटिजन्स बैंक ईन्टरनेश्नल लिमिटेडका चिफ फाईनान्स अफिसर प्रमेश राज कायस्थको प्रमुख आथित्यमा बार्षिक साधारण सभा सम्पन्न गरेको हो।

सभामा कम्पनीको लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तको वासलात, र मिति २०८०/०४/०१ देखि २०८१/०३/३१ सम्मको नाफा नोक्सानीको हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू स्वीकृत गरिएको छ । साथै कम्पनीले गत वर्षहरुको संचित मुनाफा तथा आ.व. २०८०।८१ को वितरण योग्य मुनाफा बाट आषाढ मसान्त २०८१ मा कायम रहेको चुक्ता पुँजीको पाँच दशमलव २६ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने भएको छ।

नेपाल धितोपत्र बोर्ड बाट अनुमतिपत्र प्राप्त धितोपत्र दलाल (ब्रोकर नं. ९१) सि.बि.आई.एल. सेक्युरिटिज लिमिटेडले आफ्नो मुख्य कार्यालय ललितपुर–१०, कुपण्डोल बाट आफ्ना ग्राहकहरुलाई धितोपत्र कारोवार सेवा दिदै आईरहेको छ । साथै यस कम्पनीले सिटिजन्स बैंक ईन्टरनेश्नल लिमिटेडका सम्पुर्ण शाखाहरु मार्फत ब्रोकर खाता खोल्ने फाराम भरी पठाउन सक्ने सेवा समेत प्रदान गर्दै आईरहेको छ।