आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

आइतबार, असोज ६ २०८१

काठमाडौं । दक्षिणकाली नगरपालिका–३ पिखेल बस्ने जनक केसीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–३ बस्ने ५१ वर्षीय दिपक कुमार केसी समेत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६० हजार ९ सय ५० रुपैयाँ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।