आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

भोलिदेखि सर्वसाधारणका लागि धरहरा खुल्ला गरिने

बुधबार, असोज २ २०८१

काठमाडौं । भोलि बिहिबारदेखि सर्वसाधारणका लागि धरहरा  खुल्ला हुने भएको छ । भदौ २७ गते बसेको मन्त्रिपरिषद बैठकले संबिधान दिवसको अवसर पारी धरहरा सर्वसाधारणका लागि खुल्ला गरिने निर्णय गरेको थियो ।

निर्माण सम्पन्न गर्न ६ पटकसम्म म्याद थप गरिएको धरहरा बिहीबार फेरि उद्घाटन हुन लागेको हो । एक दशकसम्म पनि निर्माण सम्पन्न हुन नसकेको धरहरा फेरि पनि हतारमै उद्घाटन हुँदैछ।

अहिलेसम्म धरहरा निर्माणको ९५ प्रतिशत मात्रै काम सकिएको छ ।