काठमाडौं । युवाहरुमाझ लोकप्रिय डिजिटल वालेट माईपेले नेपालीहरुको महान पर्व वडादशैं, तिहार र छठलाई मध्यनजर गर्दै “माईपे मेला: चाडवाडको बहार, माईपेमा उपहारै उपहार” अफर सार्वजनिक गरेको छ।
युवाहरूलाई डिजिटल कारोबारप्रति आकर्षित गर्न माईपले यसपटक चाडपर्वलाई लक्षित गरी विभिन्न आकर्षक उपहारहरू दिने घोषणा गरेको छ । असोज १ गतेदेखि मंसिर ३० सम्म चल्ने यस मेलामा माईपे प्रयोगकर्ताहरुले दैनिक, साप्ताहिक, मेगा र बम्पर पुरस्कारहरु जित्न सक्ने छन् । माईपेबाट कुनै पनि कारोबार गर्दा बम्पर उपहारमा माईपे प्रयोगकर्ताले स्कुटर जित्न सक्नुहुनेछ । मेगा पुरस्कारमा २ जना विजेताहरुले आइफोन १६ र २ जनाले हिराको औंठी जित्न सक्नुहुनेछ । त्यसैगरी साप्ताहिक पुरस्कारमा हरेक हप्ता एयर बड्स, स्मार्ट वाच, एनालग वाच, चाँदीको औंठी र १० हजार रुपैंयाँ बराबरको व्युटी प्रडक्ट र धेरै गिफ्ट भौचर र डिस्काउन्ट भौचरहरु जित्न सकिने छ।
कम्पनीको अनुसार यो माईपे मेला अवधिभर प्रयोगकर्ताहरुलाई ७५ लाख रुपैंैयाँ बराबरको डिस्काउन्ट र क्यास व्याक भौचरहरु प्रदान गर्ने साथै हरेक हप्ताको १०–१० जनालाई माईपेबाट कारोबार गर्दा कारोबार रकमको १०० प्रतिशत नै फिर्ता दिइने पनि माईपेले जनाएको छ।