काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका–१० बालबिद्या टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ८० मिलिग्राम र नगद ४ हजार ५ सय रूपैयाँ सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नेपालगंज उपमहानगरपालिका–७ घर भई कोहलपुर नगरपालिका–१० बस्ने २१ वर्षीय रिसब श्रेष्ठ र २२ वर्षीय महेश शाही रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यसैगरी बाँकेको बैजनाथ गाउँपालिका–५ स्थित न्युसिटी बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४० मिलिग्राम सहित कोहलपुर नगरपालिका–१५ रंगिलाचोक बस्ने २८ वर्षीय किशोर बिकलाई सोमबार राती प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट न्युसिटी बाँके र इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङको पथरी शनिश्चरे नगरपालिका–१ बिशाल चोक बस्ने २२ वर्षीय कर्ण लिम्बुलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो।
डडेल्धुराको अमरगढी नगरपालिका–७ पोखरा बजारबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ८ ग्राम सहित सोही ठाउँ बस्ने ३६ वर्षीय तेज कैनिलाई सोमबार राती प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पोखराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी अजयमेरू गाउँपालिका–६ भण्डारीगाउँबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ४७ ग्राम ३ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने ४५ वर्षीय राज सिंह भण्डारीलाई अस्थायी प्रहरी पोष्ट राजुलबाट खटिएको प्रहरीले सोमबार राती पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।