आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिम समापन

सोमबार, भाद्र ३१ २०८१

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन पोखरामा संचालित सि.सं. १६ (ख) सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिम समापन भएको छ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सोही शिक्षालयमा भाद्र ३१ गते एक कार्यक्रमका बीच उक्त तालिमकोे समापन गरेका हुन । महानिरीक्षक अर्यालले तालिमका सर्वप्रथम र कवाजमा उत्कृष्ट प्रशिक्षार्थी सशस्त्र प्रहरी सहायक निरीक्षक रविन सार्कीलाई खुकुरी प्रदान तथा शारिरीक सहिष्णुतातर्फ उत्कृष्ट सशस्त्र प्रहरी सहायक निरीक्षक भिष्म परियार र चाँदमारीतर्फ उत्कृष्ट सशस्त्र प्रहरी सहायक निरीक्षक सञ्जिव पटेललाई पुरस्कार प्रदान गरे।

उनले राष्ट्रको सेवा, सुरक्षार्थ दृढ संकल्पित भई आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गरी दीक्षित भएका सशस्त्र प्रहरी सहायक निरीक्षकहरुलाई हार्दिक बधाई दिनुकासाथै आफ्ना सन्ततीहरुलाई सशस्त्र प्रहरी बल नेपालको सदस्यका रुपमा संगठनमा आवद्ध गराई राष्ट्र र जनताको सेवामा समर्पित रहन उत्प्रेरणा प्रदान गर्नै अभिभावकहरुमा हार्दिक कृतज्ञता व्यक्त गरे।

महानिरीक्षक अर्यालले जुनसुकै परिस्थितिमा र जिम्मेवारीमा पनि निसर्तरुपमा कार्य सम्पादन गर्नु एउटा सच्चा राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीको कर्तव्य रहेको बताउँदै जुनसुकै परिस्थितिमा पनि अविचलित भई कार्य सम्पादन गर्न र राष्ट्र तथा राष्ट्रवासीको सेवा सुरक्षामा निस्वार्थभावले उच्च मनोवलकासाथ कार्यक्षेत्रमा खटिन निर्देशन दिए।

उनले व्यवसायिक मूल्य मान्यता तथा कानूनको सीमा भित्र रहि निर्भिकताका साथ राष्ट्रको बृहत्तर हित र जनताको अधिकतम सन्तुष्टिलाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्ने उल्लेख गर्दै व्यक्तिगत स्वार्थ भन्दा माथी उठी आफ्नो पदिय जिम्मेवारीलाई उच्च नैतिकता र व्यवसायिकताका साथ निर्वाह गर्न समेत निर्देशन दिए।

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गरीले धन्यवादको क्रममा दीक्षीत भएका अधिकृतहरुले कार्यक्षेत्रमा संगठनले अपेक्षा गरे अनुरुप उत्कृष्ट तवरमा कार्य सम्पादन गर्न सफल हुने विश्वास व्यक्त गरे।

गत साल भदौ १२ गतेबाट संचालन भएको उक्त तालिम ६७ जना सशस्त्र प्रहरी सहायक निरीक्षकहरुले सफलतापूर्वक सम्पन्न गरेका छन् । कार्यक्रममा नेपाली सेना पश्चिम पृतनाका पृतनापति, अवकास प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु, कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी बल नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालयका बाहिनीपति, राष्ट्रिय अनुसन्धान विभाग गण्डकी प्रदेश कार्यालयका अनुसन्धान निर्देशक, सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालयका समादेशक, स्थानिय जनप्रतिनिधिहरु, नेपाली सेना, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकृत लगायत सशस्त्र प्रहरी कर्मचारीहरु एवं दीक्षित अधिकृतहरुका अभिभावकहरुको समेत उपस्थिति रहेको थियो।