आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु

सोमबार, भाद्र ३१ २०८१

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका–४ कोठेडाँडास्थित सडकमा सिंगटीबाट झ्याकुतर्फ जाँदै गरेको बा.२० च ७२६६ नम्बरको बोलेरो गाडी सडकबाट करिब २ सय मिटर तल खसेर आइतबार साँझ दुर्घटना हुँदा बोलेरोमा सवार सोही गाउँपालिका–३ बस्ने ७५ वर्षीया काली शेर्पा र ६० वर्षीया पसि शेर्पाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको रोल्वालिङ सामुदायिक अस्पताल सिंगटीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बोलेरोमा सवार अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बाराको निजगढ नगरपालिका–८ स्थित तामागढी गेट नजिक बा.६३ प ७३३० नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार साँझ दुर्घटना हुँदा चालक सर्लाही धनकौल गाउँपालिका–२ बस्ने ३७ वर्षीय दिनेश साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको वयोधा अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।

यसै बाराको निजगढ नगरपालिका–८ स्थित उनासी पुलमा ना.८ ख ११६४ नम्बरको बस अनियन्त्रित भई पुलदेखि ८ मिटर तल खसेर गए राती दुर्घटना हुँदा बसमा सवार दाङ देउखुरी गटवा गाउँपालिका–५ बस्ने ४५ वर्षीय चेतन राय यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बयोधा अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बसमा सवार २७ जनाको सामुदायिक प्रसुती गृह अस्पताल निजगढ, ७ जनाको बयोधा अस्पताल र ८ जनाको सिटी अस्पताल बारामा उपचार भइरहेको छ।

मोरङको बिराटनगर महानगरपालिका–१४ हनुमान मन्दिरस्थित सडकमा पार्किङ गरी राखेको युपि ३६ पि २८९१ नम्बरको ट्रकमा प्रदेश १–०२–०४४ प ८०८५ नम्बरको मोटरसाइकल ठक्कर खाई आइतबार राती दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही महानगरपालिका–१० सोमबारे बस्ने २५ वर्षीय कृष्ण मण्डलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिराट नर्सिङहोम बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पर्साको वीरगंज महानगरपालिका–४ स्थित सडकमा हाल नम्बरको नखुलेको सवारी साधनको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूषको आइतबार राती मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नारायणी अस्पतालमा उपचारको क्रममा मुत्यु भएको हो । हाल फरार सवारी साधन र चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।