आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

बुद्ध एयरको जहाजमा समस्या

भरतपुर उड्ने तयारीमा रहेको जहाजबाट यात्रुहरु ओरालियो

सोमबार, भाद्र ३१ २०८१

काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट चितवनको भरतपुर उड्ने तयारीमा रहेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएको छ ।

जहाजमा समस्या देखिएपछि सोमबार बिहान विमानस्थलको ‘ट्याक्सी वे’ ‘इको’मा रोकेर यात्रुहरूलाई ओरालिएको छ ।

बुद्ध एयरको नाइन एन–एआईटी जहाज आज बिहान भरतपुर उड्ने तयारीमा थियो । तर प्राविधिक समस्या देखिएपछि जहाज रोकेर यात्रु ओराल्नु परेको विमानस्थल स्रोतले जनाएको छ।

उक्त जहाजमा प्राविधिक समस्या आएपछि आन्तरिक उडानका अन्य जहाजहरूको उडान कार्यमा ढिलाइ भएको स्रोतले जनाएको छ।

यसअघि पनि बुद्ध एयरको जहाजमा समस्या आइरहेको छ ।