काठमाडौं । संसदको अवरोध हटाउन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आइतबार बसेको बैठकमा नेकपा माओवादि केन्द्रले हिंसा शब्दले जनयुद्धको मानमर्दन गरेकाले विरोधलाई कायमै राख्ने अडान राखेको थियो ।
गत भदौ १२ गते एमाले सचिव योगेश भट्टराईले बोलेको ‘हिंसा’ शब्द हटाउनुपर्ने भन्दै माओवादीले भदौ २६ गतेको प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ।
सोही अवरोध खुलाउन सभामुखले बैठक राखेका थिए । तर बैठकमा सहमति जुट्न सकेको छैन ।