आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

हिमालयन एभरेष्ट इन्स्योरेन्सको प्रमुख कार्यकारीमा श्रेष्ठ

आइतबार, भाद्र ३० २०८१

काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अन्जु श्रेष्ठ नियुक्त भएकी छन् । कम्पनीको पछिल्लो पटक बसेको सञ्चालक समितीको बैठकले यसअघि नायव प्रमुख कार्यकारी अधिकृत रहेकी श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो।

कम्पनीका अनुसार उनी चार बर्षको लागि प्रमुख कार्यकारी अधिकृत भएकी हुन । नियामक निकाय बीमा प्राधिकरणबाट स्वीकृति भएपछि श्रेष्ठले कार्यभार सम्हाल्ने कम्पनीले जनाएको छ । यसअघिका सीईओ विजयबहादुर शाह बाहिरिएपछि श्रेष्ठले नै कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृतको पद सम्हाल्दै आएकी कम्पनीको भनाई छ।