शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

सवारी दुर्घटनामा चार जनाको मृत्यु

शुक्रबार, भाद्र २८ २०८१

काठमाडौं । बागलुङको गलकोट नगरपालिका–२ भुङखानीस्थित सडकमा रा.१ झ २०० नम्बरको पिकअप गाडी सडकबाट करिब ३ सय मिटर तल खसेर शुक्रबार बिहान दुर्घटना हुँदा गाडीमा सवार रूकुम पूर्व पुथा उत्तरगंगा गाँउपालिका–१२ घर भएकी ३३ वर्षीया भुपेन्द्रा बुढा मगर समेत ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका चालकलाई उपचारको लागि नगर अस्पताल गलकोट पठाइएको छ।

रूपन्देहीको तिलोत्तमा नगरपालिका–५ शंकरपुरस्थित सडकमा लु.५२ प ९५६० नम्बरको मोटरसाइकललाई लु.३ च १९८२ नम्बरको गाडीले शुक्रबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही नगरपालिका–७ सेमरा बस्ने ६८ वर्षीय तेज बहादुर गुरूङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।