काठमाडौ । एभरेडी इन्डस्ट्रिज इण्डिया लि. नेपालमा ब्याट्री र टर्चलाइटको बजार विस्तार गरेको छ । कम्पनीले नेपालमा आफ्नो पछिल्लो आविष्कारहरू नयाँ र सुधारिएको अल्टिमा अल्कालाइन ब्याट्री तथा डिएल १०२ साइरन टर्च सार्वजनिक गरेको हो।
काठमाडौंको ह्यात प्लालेसमा आयोजित पत्रकार सम्मेलनबीच सार्वजनिक गरिएको यी उत्पादनहरूले एभरेडीको उत्कृष्टता, अनुसन्धान र सामाजिक प्रभावप्रतिको प्रतिबद्धतालाई दर्शाएको कम्पनीले जनाएको छ । एभरेडीले ‘खेलिन्छ त सिकिन्छ’ भन्ने अभियानमार्फत् अल्टिमा अल्कालाइन ब्याट्रीहरू प्रस्तुत गरेको हो । कम्पनीको नयाँ अल्टिमा शृङ्खलाले चार सय गुणा बढी कार्यक्षमता प्रदान गर्ने ब्याट्रीहरूआठ सय प्रतिशत लामो कार्यसम्पादन दिनेअल्टिमा प्रोका साथ प्रभावशाली शक्ति क्षमताहरू प्रदान गर्छ। खेलौनाहरू, भिडियो गेमहरू र चिकित्सकीय औजारजस्ताउच्च शक्ति खपत गर्ने उपकरणहरूका लागि विशेषरूपमा डिजाइन गरिएको यी ब्याट्रीहरू अल्कालाइन प्रविधिमा एभरेडीको उत्कृष्टताको प्रमाण हुन्।
यसका साथै एभरेडी डिएल १०२ साइरन टर्चमा एक सय डेसिबल एसओएस अलार्म, युएसबी टाइप–बिको चार्जिङ र विभिन्नथरीका प्रकाश फ्याक्ने विशेषताहरू छन् । सम्मेलनमा एभरेडी इन्डस्ट्रिज एन्डिया लिमिटेडका एसबीयु प्रमुख (ब्याट्रिज एन्ड फ्ल्यासलाइट) र वरिष्ठ उपाध्यक्ष, अनिर्वान बेनर्जीले नेपालमा यी उत्पादनहरूको बिक्री वितरण सुरु हुनुले नेपाली बजारलाई नवीन खोज र धेरै समय चल्ने शक्तिप्रवद्र्धन गर्ने अत्याधुनिक समाधानहरू मिलेको बताए । अल्कालाइन ब्याट्रीहरूमा चार सयदेखि आठ सय प्रतिशतसम्मको दीर्घजीवन रहेको उनको भनाइ छ । उनका अनुसार यी उत्पादनहरू उच्च खपत गर्ने उपकरणहरूका लागि एकदम सही छन्।
दुवै उत्पादनहरूले एभरेडीले लिँदै आएको बातावरणीय र सामाजिक उत्तरदायित्वप्रतिको समर्पणलाई प्रस्तुत गरेका छन् । अल्टिमा ब्याट्री पारो, सिसा र क्याडमियम जस्तो वातावरणमा नकारात्मक असर पार्ने तत्वहरूबाट मुक्त छ भने साइरन टर्च महिलाहरूको सुरक्षा सुनिश्चित गर्न र आपत्को समयमा उनीहरू आवाज उठाएर सशक्त बनाउन तयार पारिएको एक सिर्जना हो।