काठमाडौं । पशुपतिको कोटिहोम महायज्ञमा आम्दानीभन्दा खर्च धेरै भएको आयोजकले दाबी गरेको छ । पशुपति मन्दिरमा एक महिनासम्म आयोजना भएको कोटिहोममा आम्दानीभन्दा खर्च धेरै भएको विवरण आयोजक विजय कृष्णमुर्तिले सार्वजनिक गरेका हुन् ।
आयोजक कृष्णमूर्तिले बिहीबार पत्रकार सम्मेलन गर्दै कोटिहोममा कुल २० करोड १५ लाख ८२ हजार ४९० रुपैयाँ १५ पैसा बराबर नगद र द्रव्य दान संकलन भएको जानकारी दिए ।
यस्तै, कोटीहोमका लागि २० करोड ८८ लाख ३२ हजार ७९४ रुपैयाँ ३८ पैसा खर्च भएको उनले बताए। यस अनुसार ७२ लाख ५० हजार ३०४ रुपैयाँ घाटा भएको कृष्णमुर्तिले दावी गरेका हुन्।
महायज्ञमा कबोल भएको मध्ये डेढ करोडदेखि २ करोड रुपैयाँ आउन बाँकी रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।